जनकपुरधाम उपमहानगरमा फोहोर थुप्रिए

जनकपुरधाम उपमहानगरपालिका–८, रामानन्द चोकबाट बलवाटोल जाने बाटोमा सरसफाइको गाडी नआएको १० दिन भयो। नियमित सरसफाइ नहुँदा सडक किनारामा दैनिक जम्मा हुने फोहोरको थुप्रो लागेको छ।

मानन्द चोकबाट बलवाटोलतर्फ जाने बाटोका किनारमा जताततै फोहोर थुप्रिएको छ।

frontline

‘फोहोर उठाउने गाडी चोकतिर आउँछ, भित्री गल्लीमा मुस्किलले १० दिनमा एक पटक आउँछ। फोहोरको गन्ध र मच्छर (लामखुट्टे) ले हैरान पारेको छ,’ बलवाटोलमा चियानास्ताको होटल चलाउने अर्जुन राय भन्छन्, ‘उपमहानगरले केही काम गरेको छैन। फोहोर पनि उठाउँदैन। जनतासँग कर मात्रै उठाउन जानेको छ।’

टोलका बासिन्दाहरू फोहोरको थुप्रोमा आगो लगाउँछन्। फोहोरमा प्लास्टिक धेरै हुन्छ। प्लास्टिक जलेको धुवाँले धेरै हानी गरेको अर्जुनको भनाइ छ।

‘बाटोमा जताततै फोहोर जम्मा भएको हाम्रा जनप्रतिनिधिले देखेका छन्, कर्मचारीले पनि देखेका छन् तर कसैले ध्यान दिएका छैनन्,’ उनी भन्छन्, ‘गल्लीमा हिँड्नै नसकिने भएको छ। घरमा बस्न पनि मुस्किल परेको छ।’

सहरी क्षेत्रका सबैजसो भित्री सडक र गल्लीमा फोहोरको डंगुर छ। वडा नम्बर ९ र १० का अधिकांश खाली ठाउँमा फोहोर थुपार्न थालेको वर्षौं भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here