जथाभाबी फोहोर फाल्नेलाई सीसीटिभीबाट पहिचान गरी कारबाही गर्ने
९ भदौ, काठमाडौं । काठमाडाैं महानगरपालिकाले बाटाेमा जथाभाबी फोहोर फाल्नेलाई सीसीटिभीबाट पहिचान गरी कारबाही गर्ने भएको छ ।
बुधबार नेपाल प्रहरीले आयोजना गरेको उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीलाई सम्बोधन गर्दै मेयर बालेन्द्र शाहले बाटोमा जथाभाबी फोहोर फाल्नेलाई कारबाही गर्ने बताएका हुन् ।
उनले महानगरका विभिन्न ठाउँमा सीसीटिभी थप्न लागेकाे जानकारी दिए ।
“अपराध अनुसन्धान तीव्र पार्न ‘आईजी साप’ (धिरजप्रताप सिंह) ले २५ हजार सीसीटीभी चाहिने भन्नुभएको छ । हामीले यसपाली काठमाडौं महानगरपालिकाको बजेटमा सीसीटिभीका लागि पनि बजेट राखेका छौँ,” उनले भने, “जथाभाबी बाटाेमा फोहोर फाल्नेलाई सीसीटीभी फुटेजबाट पहिचान गरी कारबाहीकाे दायरमा ल्याइने छ ।”
गोष्ठीमा बोल्दै मेयर शाहले डिजिटल साक्षरतामा पनि जोड दिए । डिजिटल साक्षरताको अभावले मानिसहरू ठगीको घटनामा परेको भन्दै उनले यससँग सम्बन्धित अपराध न्यूनीकरणका लागि मानिसहरू सजग हुनुपर्नेमा धारणा राखे ।
प्रतिक्रिया दिनुहोस्