जंगली हात्तीको आक्रमणबाट टीकापुरमा महिलाको मृत्यु

५ असार, टीकापुर । जंगली हात्तीको आक्रमणबाट कैलालीको टीकापुरमा एक महिलाको ज्यान गएको छ। टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक न १६ की ५० वर्षीया टंकी सोडारीको हात्तीको आक्रमणबाट ज्यान गएको हो। 

उनलाई शनिबार  वडा नं २ स्थित सन्कट्टीघाट जानेबाटो सितल सामुदायिक बन नजिक हात्तीले आक्रमण गरेको थियो। शनिबार दिउँसो ५:३० बजे जंगलमा हात्तीको आक्रमणबाट उनको घटना स्थलमै मृत्यु भएको टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मृतकका आफन्त झपट सोडारीले बताए।

frontline

मृतक सोडारीका दुई छोरा छन्। इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी हेमबहादुर  शाहीले कर्णाली नदी तटबन्धको काम गरिरहेका बेला उनलाई हात्तीले आक्रमण गरेको बताए। मृतकको शव टीकापुर अस्पतालमा राखिएको छ। उनका श्रीमानको पनि मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here