जंगली भालुको आक्रमणबाट एकजनाको मृत्यु

 चितवन । चितवनको माडी पाण्डवनगरमा जंगली भालुको आक्रमणबाट एकजनाको मृत्यु भएको छ ।

माडी नगरपालिका वडा-१ पाण्डवनगर निवासी अन्दाजी वर्ष ४६ का राजकुमार बोटको जंगली भालुको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

frontline

बुधबार विहान तामाको मुना खोज्न गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा बिहीबार बिहान माडीको देउता खोलाको किनारमा शव भेटिएको हो ।

मृतकको बायाँ आँखामाथि ठूलो चोट लागेछ । शवको मुचुल्का उठाइ पोष्टमार्टमका लागि भरतपुर पठाइएको ईलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक झलक पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here