जंगली च्याउ खाँदा सल्यानमा ४ वर्षीया बालिकाको मृत्यु, तीन जना बिरामी
२१ साउन, काठमाडौं । जंगली च्याउ खाँदा सल्यानमा एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका ४ साईलाकम्द निवासी दीर्घ बस्नेतको ४ वर्षीया छोरी जोसना बस्नेतको मृत्यु भएको छ ।
उनको उपचारको क्रममा प्रादेशिक अस्पताल कालागाउँ, सुर्खेतमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।
हिजो बेलुकी जंगलबाट ल्याएको च्याउ खाँदा बस्नेतको घरका चारै जना (श्रीमती र छोराछोरी) बिरामी भएका हुन् । बिरामी पर्नेमा बस्नेतकी ४० वर्षीया श्रीमती मीना, २५ वर्षीया छोरी पवित्रा र ९ वर्षे छोरा जोन बस्नेत हुन् ।
घरका चारै जना बिरामी भएपछि आज बिहान उपचारको निम्ति जिल्ला अस्पताल सल्यान लगिएको थियो ।
बिरामीको असस्था जटिल भएपछि जोसना र जोनलाई थप उपचारको निम्ति सुर्खेत रिफर गरिएको थियो ।
जोसनाको उपचारको क्रममा मृत्यु भएको हो । अरुको स्वास्थ्य अवस्थामा सुधार भइरहेको प्रहरीले बताएको छ ।
सिकिस्त अवस्थाकी आमाछोरी मीना र पवित्रालाई पनि थप उपचारको निम्ति नेपालगञ्ज रिफर गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्