छोराले बन्चरो प्रहार गरि बुबाको हत्या

१३ साउन, बैतडी । बैतडीमा आज (शुक्रबार) बिहान छोराले आफ्नै बुबाको हत्या गरेका छन् ।

डिलाशैनी गाउँपालिका– ५ शेराका ६८ वर्षीय अन्तराम जोशीको उनका २२ वर्षीय छोरा लोकराज जोशीले बिहान बन्चरो प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको हाे ।

frontline

बिहान घरमै ठेंकी सफा गरिरहेका अन्तरामलाई लोकराजले बन्चरो प्रहार गरेका डिलाशैनी गाउँपालिका-५ का वडाअध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्ट यदुले जानकारी दिनुभयो ।

डिप्रेसनमा रहेका लोकराजले बन्चरो प्रहार गरेका उहाँले बताउनुभयाे । टाउकोमै चोट लागेका अन्तरामकाे घटनास्थलमै मृत्यु भएको उहाँकाे भनाइ छ ।

बन्चरो प्रहार गर्ने लोकराजलाई नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिनुभयो ।

घटनाको थप अनुसन्धानका इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षक कमल चौधरी नेतृत्वको टोली घटनास्थलमा खटिएको उहाँले बताउनुभयाे।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here