छोटी भन्सार सञ्चालन हुदैन भन्ने बाबू साहेबले आमरण अनशन बस्ने घोषणा
मेवालाल यादव
रौतहट क्षेत्र नं. २ (क) का जनमत पार्टीको विधायक प्रत्याशी मोहम्मद आलम (उर्फ बाबू साहेब)ले आफ्नो क्षेत्रमा रहेको छोटी भन्सार सञ्चालन नभएको विषयमा गम्भीर असन्तोष व्यक्त गर्दै आमरण अनशन बस्ने घोषणा गरेका छन्।
मोहम्मद आलम (उर्फ बाबू साहेब)का अनुसार, उक्त भन्सार सञ्चालन नहुँदा स्थानीय आर्थिक गतिविधिमा असर परिरहेको छ। व्यवसायी, व्यापारी र सर्वसाधारणले व्यापारिक सहजीकरणमा समस्या भोगिरहेको र यसले रोजगारका अवसरहरूमा पनि कमी ल्याएको उनले दाबी गरेका छन्।
उनले स्थानीय प्रशासन र सरकारलाई पटकपटक यस विषयमा ध्यानाकर्षण गराए पनि समस्या समाधानतर्फ कुनै ठोस पहल नभएको कारण अनशनको निर्णय लिएको बताएका छन्। अब यस विषयले स्थानीयस्तरमा मात्र होइन, राष्ट्रिय चासोसमेत लिनुपर्ने आवश्यकता औंल्याइएको छ।
प्रतिक्रिया दिनुहोस्