छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

२८ कार्तिक, सुर्खेत । जुम्ला सडकको बाङ्गेसीमलदेखि गिरीघाटतर्फ जाँदै गरेको भे १ ह ८४४, नम्बरको अटो रिक्सा अनियन्त्रित भइ दुर्घटना हुँदा वीरेन्द्रनगर– १ की ४४ वर्षीया जमरा शाहीको निधन भएको छ । उनको उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ ।

यस्तै, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ५ र ७ को सिमाना खारखोेलीमा मोटरसाइकल खोलामा खस्दा दैलेखको महाबु गाउँपालिका– ५ घर भएका २३ वर्षीय मनोजसिंह ठकुरी गम्भीर घाइते भएका थिए । उनको पनि उपचारकै क्रममा मृत्यू भएको छ ।

frontline

जिल्ला प्रहरी कार्यालय स्रोतका अनुसार मृतक सिंहले चलाएको वागमती प्रदेश ०२०२८ प ४८८७ नम्बरको मोटरसाइकल खोलामा खसेको थियो । मृतक सिंह नेपाल प्रहरीको जवान पदमा काठमाडौँमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here