‘छाब्दीलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाइने’

दमौली, २४ असोज (रासस) ः श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले पवित्र तीर्थस्थल छाब्दीको विकासका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ ।

तनहुँको व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही विकास कोषले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले छाब्दीलाई नेपालकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बनाउने अभियानलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

frontline

भन्नुभयो, “छाब्दीलाई जिल्लाको र गण्डकी प्रदेशको मात्र नभई देशकै प्रमुख धार्मिक गन्तव्य बनाउने अभियानमा म विगतदेखि नै लागेको छु, भविष्यमा पनि दत्तचित्त भएर लाग्नेछु ।”

मन्त्री श्रेष्ठले छाब्दीको विकासका लागि रु ५० लाखदेखि रु एक करोडसम्मको बजेट विनियोजन गराउने आश्वासन दिनुभयो ।

फरक प्रसङ्गमा उहाँले बेरोजगार युवालाई रोजगारी दिनका लागि कार्ययोजना बनाएर अघि बढ्ने बताउनुभयो ।

कार्यक्रममा छाब्दीवाराही विकास कोषका अध्यक्ष थानबहादुर थापाले छाब्दीको विकासका लागि गुरुयोजना बनाइएकाले सहयोगका लागि सरकारसँग आग्रह गर्नुभयो

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here