छथर गाउँपालिका तेह्थुम सडकमा बृक्षराेपण गर्दे सडकमै बजेट घाेषणा

छथर गाउँपालिका तेह्थुम सडकमा बृक्षराेपण गर्दे सडकमै बजेट घाेषणा ।आ.व. २०८०/०८१ काे प्राथमिकताहरू
(१) सबैलाई जस्तापाता पुर्याई फुसकाे छाना मुक्त पालिका घाेषणा गर्ने, सबै घरमा पक्की शाैचालय, सुधारिएकाे चुलाे सहित आगनमा फुलवारी कार्यक्रम प्रवर्दन गर्ने ।
(२) घरघरमा खानेपानी, मुहान थप सहित सबै विद्यालय,सरकारी कार्यलयहरूमा शुद्द खानेपानी प्रवन्धका लागी फिल्टर ।
(३) सबै वडा केन्द्र सम्म अलवेदर गर्ने, सिधुवा शुक्रवारे सडक फुलै फुल र विरूवाकाे सडक बनाउने, हाक्पारा, म्याङ्लुङ्ग,आङ्दिम हुदै सिधुवा, लानपा दागपा,खैरेनी त्रिवेणी जाेड्ने सडकहरू पिचका लागी पहल गर्ने,
(४) पालिका भित्रका विभिन्न कारणले घुमन्ते,मगन्ते, नागरिकहरूलाई खाना सहित सुरक्षाकाे प्रवन्ध मिलाउने ।
(५) लाेकल रक्सी ब्राणडिङ्ग गर्ने, स्थानिय उत्पादन सबैमा ब्राण्ड लाेगाे दिने ।
(६)श्रम र सहभागितामा प्रत्येक वडा सडक, सरकारी कार्यलय, विद्यालयहरूमा फुलको बगैचा, आकर्षक बृक्ष रोपण गर्ने ।
(७) छथर अस्पताल नयाँ भवनमा संचालनमा ल्याई उपकरण थप्ने, ल्याव सेवा विस्तार गर्ने, टेलिफाेन स्वास्थ्य सेवा लागु गर्ने, पालिका भरी जेष्ठ नागरीक, एकल महिला, अपांग, गर्भवति महिला, एकल पुरुष, सुत्केरीहरुलाई निःशुलक एम्बुलेन्स सेवा दिने ।
(८) कम्फ्यूटर नभएको विद्यालयहरुमा क्रमस नेट सहित जडान गर्ने, स्थानिय पाठ्यपुस्तक तयार गर्ने,वालकक्षा वालमैत्रि बनाउने, प्र.अ. तालिम, शिक्षक विषयगत तालिम, कक्षा १२ मा शिप तालिम, विद्यालय वाहिर रहेका गरीव विपन्न असहाय अपांग वालवाकिा शिक्षा लागु गर्ने ।
(९) लम्पी डिजिजबाट गाई गोरु मृत्यू भएका र काेपी खेतिमा मुल्य गरावटले पिडीत किसानहरुलाई राहत प्याकेज दिने,लम्पी डिजिज माहामारी रोगथाम गर्ने ।
(१०) टोल टोलमा कृषि उपकरण वितरणलाई निरन्तरता दिने, विउविजन, विरुवा, विषादी, कृषि सेवा, प्राविधिक सेवा विस्तार गर्ने ।
(११) ढाका उद्योग स्थापना, सरकारी कार्यलय र विद्यालयमा स्थानिय खाजा अनिवार्य लागु गर्ने । टोल टोलमा मेलमिलाप तथा कानुनी सचेतना, न्याय सम्पादन गर्ने ।
(१३) एकिकृत सेवा सफ्टवेयर जडान, सिसीटिभि, डिजिटल बोर्ड, स्मार्ट बोर्ड जडान गर्ने, गाउपालिका तथा वडा कार्यलय भवन निर्माण गर्ने ।
(१४) खेलकुद प्रशिक्षक राख्ने, खेलकुद आयोजना, युवा तालिम, ब्यावसायीक सहुलियत रिण सहजिकरण,वालमैत्रि स्थानिय शासन सहित राष्टिय अभियान घोषणा गर्ने ।
(१५) महिला संजाल समुह, संस्था, आमा समुह, वाल क्लव, किशोरी समुह, परिचालन गर्ने, यस अघि क्रमागत रहेका कार्यक्रमहरूलाई निरन्तरता दिने ।

प्रतिक्रिया दिनुहोस्

poster-here