च्याउ खाँदा ४ जना गम्भिर बिरामी

काठमाडौं । जंगली च्याउ खाँदा इलाममा ४ जना गम्भिर बिरामी भएका छन् ।

उनीहरुको इलाम अस्पतालमा उपचार हुन नसकेपछि झापा लगिएको छ ।

frontline

सन्दकपुर गाउँपालिका–१ का जितबहादुर राई र टिकाबहादुर राई, इलाम नगरपालिका–३ पुवामझुवाका वीरमान राई र उनकी श्रीमती विष्णुकुमारी राई बिरामी भएका हुन् ।

जितबहादुर र टिकाबहादुरले हिजो जंगलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएका थिए ।

चार जनामध्ये जितबहादुर र टिकाबहादुरको अवस्था गम्भीर रहेको बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here