चौताराले २ प्रतिशत ब्याजदरमा सहुलियतपुर्ण कर्जा प्रदान गर्ने

२ प्रतिशत ब्याजदरमा उपलब्ध हुने “सहुलियतपुर्ण कर्जा”को लागि बुधबार चौतारा साँगाचोकगढी नगरपालिका र नेपाल बैंक लिमिटेड बिच बैंकको केन्द्रिय कार्यालय काठमाडौंमा कर्जा सम्झौता भएको छ। नेपाल बैंक लिमिटेड केन्द्रिय कार्यालयका प्रमुख कार्यकारी अधिकृत श्री कृष्ण बहादुर अधिकारीको को कार्यालयमा एक कार्यक्रम आयोजना गरि चौतारा साँगाचोकगढी नगरपालिका नगर प्रमुख श्री अमान सिं तामाङ, उपप्रमुख श्री जानुका पराजुली, प्रमुख प्रसाशकीय अधिकृत श्री कृष्ण प्रसाद पाण्डे, ने बै ली बागमती प्रदेश प्रमुख श्री सुन्दर पन्थी ने बै ली सिन्धुपाल्चोक शाखा प्रबन्धक श्री समिक कुमार दाहाल लगाएतको उपस्थितमा कर्जा सम्झौता गरिएको हो । यसबाट कृषी, पशुपालन, घरेलु उद्ध्योग तथा अन्य नयाँ ब्यावसाय सन्चालन गर्न चाहने नगरबासीहरु प्रत्यक्ष लाभान्वित हुनेछन् । चौतारा साँगाचोकगढी नगरपालिकाले युवा स्वरोजगार प्रवर्द्धनका लागि बिनियोजन गरेको १ करोड र नेपाल बैंक लिमिटेडले थप १ करोड गरि यस बर्ष २ करोड ॠण प्रवाह हुनेछ । ॠण लिन चाहने नगरबासीहरुले २ प्रतिशत ब्याजदरमा ५ लाखसम्म बैंकको नियमानुसार बिनाधितो ॠण लिन सक्नेछन् । नगरपालिकाले कोरोना भाइरसका कारण आफ्नो रोजगारी गुमाएका, बिदेशबाट फर्किएका, कृषि तथा लघु उध्यम को क्षेत्रमा स्वदेशमै व्यावसाय गर्ने योजना बनाएका युवाहरुलाई लक्षित गरि ‘स्वराेजगार तथा उद्यम प्रवर्द्धन कार्यबिधी २०७७’ बनाएर सहुलियतपूर्ण ऋण उपलब्ध गर्न लागेको हो । स्थानीय स्राेत, साधन र सिपलाई सदुपयाेग गरी स्थानीय स्तरमा राेजगारी श्रृजना गर्न,अात्मनिर्भर अर्थतन्त्रकाे विकास गरी सुन्दर नगर र सुखी नगरबासीकाे अाकांक्षा पुरा गर्न नगरपालिकाले नेपाल बैंक लिमिटेडसँग सम्झाैत गरि सहुलियतपूर्ण कर्जामा व्याज अनुदान उपलब्ध गराउन लागेकाे उपप्रमुख जानुका पराजुलीले जानकारी दिनुभयो। उहाँले भन्नुभयो “हामिले यस बर्ष देखि याे कार्यक्रमकाे शुरूवात गरेका छाै । यसकाे रिजल्ट हेरेर अागामि वर्ष पनि यस कार्यक्रमलाई निरन्तरता दिनेछाै ।” यसले नगरभित्र नयाँ उद्यमि तथा व्यावसायीकाे संख्या बढ्ने र नगरलाई थप समृद्ध बनाउन सहयोग पुग्ने अपेक्षा राखेको उहाँले जानकारी दिनुभयो । नगर प्रमुख अमानसिं तामाङले यस्ता प्रकारको कार्यक्रमले स्थानीय स्तरमा राेजगारी श्रृजना गर्न,अात्मनिर्भर अर्थतन्त्रकाे विकास गरी सुन्दर नगर र सुखी नगरबासीकाे अाकांक्षा पुरा हुने बिस्वास ब्यक्त गर्नुभयो। साथै उहाँको अनुसार अब नगरपालिकाको प्रत्यक बस्तिमा पुगेर जनता संग प्रत्यक्ष छलफल गरि नयाँ कार्यक्रम हरु बनाएर बिकासका काम हरु संचालन गरिने छन् । त्यसको सुरुवात भैसकेको समेत उहाँले जानकारी दिनुभयो। सोही कार्यक्रम अनुसार सोमबार इर्खुको चिलाउने गाँउमा नगर प्रमुख, नेकपा नगरकमिटी इन्चार्ज लगायतको उपस्थितिमा एक कार्यक्रम आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here