चौतारामा ६७ फिट अग्लो बुद्धको मुर्ती बन्ने, सभामुखद्धारा शिलान्यास
फ्रन्टलाइन पालिका । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा बुद्धको मुर्ती निर्माण हुने भएको छ । नगरपालिकाको वडा नम्बर ६ स्थित गौँराती सामुदायिक वन क्षेत्रमा पर्ने पानीट्यांकी डाँडामा निर्माण हुने बुद्धको मुर्तीको सोमबार सभामुख अग्नि प्रसाद सापकोटाले शिलान्यास गर्नुभएको हो ।
चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख अमानसिं तामाङको अध्यक्षतामा सो शिलान्यास समारोह सम्पन्न भएको हो । पर्यटकिय सम्भावना बोकेको नगरका रुपमा परिचित चौतारामा बन्न लागेको बुद्धको मुर्ती ६७ फिट अग्लो हुने छ । कुल ६ करोड २१ लाख रुपैयाँ लागत लाग्ने उक्त बुद्धको मुर्ति निर्माणको जिम्मा उमा÷काली÷प्रसीन जेभीले पाएको छ । बुद्धको मुर्ती निर्माण भएपछि पर्यटक भित्राउन मद्धत पुग्ने अपेक्षा नगरपालिकाले लिएको छ ।
प्रतिक्रिया दिनुहोस्