चौतारामा “जनता सँग मेयर कार्यक्रम” निरन्तर

फ्रन्टलाइन, चौतारा । सिन्धुपाल्चोक जिल्लाको चौतारा सांगाचोकगढी नगरपालिकामा जनता संग मेयर कार्यक्रम निरन्तर संचालन भइरहेको छ । जनतासंग प्रत्येक्ष भेटघाट गरि समस्या एवम् सुझाव लिन नगरपालिकाले सो कार्यक्रम लागु गरेको हो । यसैबिच मंगलबार चौतारा सांगाचोकगढी नगरपालिका १२ साँगाचोक, स्वाँराथोकमा जनतासंग मेयर कार्यक्रम सम्पन्न भएको छ ।


८२ घरधुरी रहेको स्वाँराथोकमा खानेपानीको अभाव र अरनिको राजमार्गबाट १ किलोमिटर नजिक रहेर पनि राजमार्गसँग सडक मार्फत जोडिन नसक्नु मुख्य समस्याको रुपमा रहेको त्यहाँका स्थानिय नागरिकले बताएका छन् । जसका लागि नगरप्रमुख अमानसिङ तामाङले खानेपानी समस्या समाधानको लागि नगरबाट तत्काल ७ सय मिटर पाइप उपलब्ध गराउने र सडकको लागि रु. १० लाख उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गर्नुभएको ।

frontline


चौतारा सांगाचोकगढी नगरपालिका स्थानिय सरकार गठन भएदेखिनै जनताको बिचमा रही निरन्तर समृद्ध नगर बनाउने अभियानमा लागि परेको नगरपालिका हो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline

विश्व परिवेश

poster-here