चेल्सी फिफा क्लब विश्वकपको अन्तिम १६ मा

News Summary

Generated by OK AI. Editorially reviewed.

  • चेल्सी फिफा क्लब विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ।
  • पहिलो हाफमा चेल्सीले २-० को अग्रता बनायो, र टाइरिक जर्जले अन्तिम समयमा गोल गरे।
  • चेल्सीले ६ अंकसहित समूह उपविजेता बनेर अन्तिम १६ मा प्रवेश गर्‍यो र बेनफिकासँग प्रतिस्पर्धा गर्नेछ।

frontline

११ असार, काठमाडौं । इंग्लिस क्लब चेल्सी फिफा क्लब विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार विहान भएको समूह डी को खेलमा ट्युनिसियाको एसपेरेन्सलाई हराउँदै चेल्सी समूह उपविजेता बन्यो ।

एसपेरेन्समाथि चेल्सीले ३-० को जित हासिल गर्‍यो । चेल्सीको जितमा पहिलो हाफको इन्जुरी समयमा टोसिन अदाराबियोले गोल गरेका थिए भने लगत्तै इन्जुरी समयमै लियाम डेलापले गोल गरेपछि पहिलो हाफमा २-० को अग्रता बनायो ।

त्यसपछि दोस्रो हाफको इन्जुरी समयको सातौं मिनेटमा टाइरिक जर्जले गोल गरेपछि चेल्सी ३-० ले विजयी भयो ।

यसै समूहको अर्को खेलमा फ्लामेंगोले लस एनजलस एफसीसँग १-१ गोलको बराबरी खेल्यो । यसअघि चेल्सीमाथि जित निकालेको फ्लामेंगो ७ अंकसहित शीर्षमा रहेर अन्तिम १६ मा छनोट भइसकेको थियो ।

चेल्सीको ३ खेलमा ६ अंक भयो भने एसपेरेन्स ३ र लस एनजलस १ अंकमा सीमित रहेर बाहिरिए ।

अर्को सातादेखि सुरु हुने अन्तिम १६ मा चेल्सीले बेनफिकासँग खेल्ने छ भने फ्लामेंगोले बायर्न म्युनिखसँग खेल्नेछ ।

फिफा क्लब विश्वकप

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here