चेल्सीले जित्यो कन्फेरेन्स लिगको उपाधि

News Summary

Generated by OK AI. Editorially reviewed.

  • इंग्लिस क्लब चेल्सीले युरोपको कन्फ्रेरेन्स लिगको उपाधि जित्यो।
  • खेलमा चेल्सीले रियल बेटिसलाई ४-१ ले पराजित गर्‍यो।
  • चेल्सीले तीनवटा क्लब फुटबल प्रतियोगिताको उपाधि जित्ने पहिलो टिम बनेको छ।

५ जेठ, काठमाडौं । इंग्लिस क्लब चेल्सीले युरोपको तेस्रो श्रेणीको क्लब फुटबल प्रतियोगिता कन्फ्रेरेन्स लिगको उपाधि जितेको छ ।

frontline

पोल्याण्डको व्रोक्ल स्टेडियममा गएराती भएको खेलमा स्पानिस क्लब रियल बेटिसलाई ४-१ ले पराजित गर्दै पहिलो पटक कन्फ्रेन्स लिगको च्याम्पियन बनेको हो ।

चेल्ली युरोपको तीनवटै क्लब फुटबल प्रतियोगिताको उपाधि जित्ने पहिलो टिम समेत बनेको छ ।

यसअघि चेल्सीले च्याम्पियन्स लिग र युरोपा लिगको उपाधि जितिसकेको छ ।

चेल्सीले एक गोलले पछि परेको स्थिती उल्टाउँदै पुनरागमन गरेको हो ।

अब्दे इजालजौलीले खेलको आठौं मिनेटमै गोल गर्दै बेटिसलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा चेल्सी खेलमा फर्कियो ।

चेल्सीका लागि एन्जो फर्नान्डेजले ६५औं मिनेटमा बराबरी गोल गरे । त्यसको पाँच मिनेटपछि नै

निकोलस ज्याक्सनले गोल गर्दै चेल्सीलाई २-१ को अग्रता दिलाए ।

जाडोन सान्चोले ८३औं मिनेटमा चेल्सीका लागि तेस्रो गोल गरे । यस्तै मोएसिस काइसेडोले इन्जुरी टाइमको पहिलो मिनेटमा गोल गर्दै चेल्सीको जित पक्का गरे ।

युइएफए कन्फेरेन्स लिग

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here