चेल्सीका मालिक रोमन आब्रामोविचलाई बेलायतले लगायो प्रतिबन्ध, क्लब बेच्न नपाउने
२७ फागुन, काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका मालिक रोमन आब्रामोविचलाई बेलायत सरकारले भ्रमण प्रतिबन्ध लगाएको छ ।
रुसी नागरिक उनले चेल्सी फुटबल क्लब बेच्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । बेलायत सरकारले उनका व्यवसाय तथा उनी माथि नै पनि यात्रा प्रतिबन्ध लगाएको छ ।
रुस-युक्रेन विवादले युद्दकाे रुप लिँदा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनकाे पक्षमा खुलेका उनलाई बेलायत सरकारले निशाना बनाएकाे छ ।
बेलायती सासंदमा प्रतिबन्धकाे विषयले प्रवेश पाएपछि उनले चेल्सी बेच्ने घोषणा गरेका थिए ।
उनीमाथि लागेको प्रतिबन्धसँगै चेल्सीले अबका खेलका लागि कुनै पनि टिकट बेच्न नपाउने भएको छ । प्रतिबन्ध अगाडि किनिएका टिकटबाट भने समर्थकले खेल हेर्न पाउनेछन् ।
क्लबले खेलाडी तथा प्रशिक्षणमा सामेल रहेका अफिसियललाई तलबसहितका सुविधा भने दिन पाउने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्