चेन्नाईका विभिन्न १४३ स्थानमा भीषण बाढी,३ को मृत्यु

फाइल तस्बिर

१६ पुस, तामिलनाडु  । भारतको पुर्वी राज्य तामिलनाडुको राजधानी चेन्नाई शहरका विभिन्न १४३ स्थानमा भीषण बाढी आएको छ ।

बिहीबार साँझ परेको उच्च वर्षापछि शहरका १४३ स्थानमा भीषण बाढी आएको हो । 

frontline

पछिल्लो २४ घण्टामा सो क्षेत्रमा २० सेन्टिमिटरभन्दा बढी वर्षा भएको बताइएको छ । भारी वर्षासँगै परेको चट्याङ र बाढिमा परि सो क्षेत्रमा हालसम्म ३ जनाले ज्यान गुमाइसकेको भारतीय मिडियामा उल्लेख छ । 

उच्च वर्षा शनिबारसम्म रहने हुँदा तामिलनाडुको चेन्नाई, कान्चीपुरम, थिरुभल्लुर र चेन्गालेपट्टु जिल्लालाई खतराको सूचीमा राखिएको त्यहाँको मौसम विभागले जनाएको छ ।

जसको कारण राज्य सरकारले सो क्षेत्रका सरकारी तथा नीजि कार्यालय, विद्यालय र कलेज शुक्रबार बन्दको घोषणा गरेको छ । 

टाइम्स अफ इन्डियाकाअनुसार बिहीबार साँझको वर्षापछि चेन्नाईको माउन्ट सडकमा हालसम्मकै ठूलो ट्राफिक जाम परेको थियो ।

मौसम विभागले पूर्व सूचना जारी नगर्दा धेरै क्षति भएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here