चुनावका बेला ३ दिन विद्यालय विदा दिन निर्वाचन आयोगको सिफारिस

२८ कार्तिक, काठमाडौं । आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा चुनावको बेला ३ दिन विद्यालयमा विदा दिन निर्वाचन आयोगले सिफारिस गरेको छ ।

निर्वाचन केन्द्र रहेका विद्यालय मतदान स्थलकोरूपमा प्रयोग गर्नुपर्ने भएकाले मंसिर २ देखि ४ गतेसम्म देशभरका सबै विद्यालयमा विदा दिनुपर्ने आयोगको सिफारिसमा उल्लेख छ ।

frontline

आयोगले विदाको निर्णय गर्न मुख्य सचिवमार्फत नेपाल सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

त्यसैगरी, निर्वाचनको दिन मंसिर ४ मा देशभर सार्वजनिक विदा दिन पनि आयोगले सिफारिस गरेको छ ।

मन्त्रिपरिषदको निर्णय गरेपछि मात्रै विदाको निर्णय कार्यान्वयन हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here