चुँदीखोलामा डुबेर दुई जनाको मृत्यु

२९ जेठ, दमौली । तनहुँको भानु नगरपालिका-२ स्थित चुँदीखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ।

चुँदी खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा उनीहरुको ज्यान गएको हो।

frontline

मृत्यु हुनेमा भानु नगरपालिका-२ का ३५ वर्षीय धनबहादुर गुरुङ र सोही ठाउँका २२ वर्षीय सागर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

घटनालगत्तै इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरी टोली र स्थानीयबासीले खोलाबाट शव निकालेका थिए। रासस  

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here