चीसोमा काश्मिरी माहुरीपालकको रोजाइ गङ्गानगर
–जालीस आन्द्रबी पथानकोट, भारत, १७ असोज (रासस÷एएफपी) ः जाडो महिना नजिकिँदै गर्दा अबिद हुसैनजस्ता काश्मिरी मौरीपालकहरू न्यानो मौसम, बढी मह उत्पादन र ठूलो पारिश्रमिकको खोजीमा दक्षिणतर्फको वार्षिक बसाइँसराइको तयारी थालेका छन् । हुसैनले हिमालय क्षेत्रबाट सयौं किलोमिटर टाढा राजस्थानको मरुभूमि राज्यमा मौरीहरू हालेर गाडी पठाउन तयारी गर्दा पाखुरा र अनुहारमा सुरक्षात्मक उपकरणले आफूलाई पूर्णतया ढाकेर सुरक्षा दिन्छन् ।
लाग्छ उनले आफ्नो परिचय नै फेर्न लागेका छन् । राजस्थानको थार मरुभूमिको छेउमा रहेको श्री गङ्गानगर वरिपरि राया र तोरीेको खेती गरिएको विशाल क्षेत्र (७५० किलोमिटर) मा आफूले ‘उपनिवेश’ खडा गरेर बसेको भान हुन्छ । तर यो राजनीतिक वा सामाजिक हैसियत स्थापनाका लागि भने होइन ।
उनी भन्छन्, “जाडो याममा काश्मिरमा प्राकृतिकलगायत सबै गतिविधि अवरूद्ध बन्छन् । राम्रो विकल्पमा अस्थायी बसाइँ सराइ नै किसानको रोजाइ बन्छ ।” तिनका दर्जनौं सँगी माहुरीपालकहरू शरद् ऋतुमा तातो प्रान्तहरूसम्म पुग्न घुमाउरो पहाडी राजमार्गहरू र उत्तरी भारतीय मैदानहरू हुँदै यात्रा गर्छन् ।
यो क्रम काश्मिरमा मह उत्पादकहरूले जाडोमा माहुरीलाई बचाउन, माहुरीको लागि फूलहरू (खाना) को व्यवस्था गर्न सन् १९८० को दशकमा यात्रा गर्न थालिएको हो । उक्त समय जब जाडोमा देखिने एक प्रकारको रोगले स्थानीय जातका माहुरीलाई झन्डै सखाप पारेको थियो । पछि उनीहरूको प्रतिस्थापनमा हिमालयको चीसोमा धेरै संवेदनशील युरोपेली प्रजातिहरूद्वारा गरिएको थियो ।
अहिले हरेक वर्ष चीसो यामभर काश्मिरको दक्षिणी भागमा रहेको थार क्षेत्रमा प्रशस्त बालीहरूमा लाखौं मौरीहरू भुम्छन्, खाना खान्छन् र मह सङ्कलन गर्छन् अनि माहुरीपालकहरूको लागि धेरै मह उत्पादन गर्न मदत गर्छन् ।
करोडौँ माहुरीलाई श्री गङ्गानगर क्षेत्रमा पु¥्याउन हुसैनले गरेको श्रमको प्रतिफल उनले चीसो याममा एक घारबाट लगभग नौ हजार भारतीय रूपैया (करिब १२० अमेरिकी डलर) मह उत्पादन हुन्छ । मौरीहरूलाई चरणका लागि छोडिए तापनि रायोका कृषकहरू आफ्नो बालीलाई भावी बालीको लागि पराग–सेचन गर्न पाएकोमा खुसी हुनेगर्छन् ।
माहुरीपालकहरूका लागि वार्षिक तीर्थयात्रा तिनीहरूको जीबिकोपार्जनका लागि अत्यावश्यक भएको काश्मिरको कृषि विश्वविद्यालयका प्राध्यापक परवेज अहमद सोफीको बुझाइ छ । उनले भने, “बसाइँ सराइले मौरीहरूलाई कठोर मौसमबाट बचाउँछ, उनीहरूलाई फरक परिबेशमा सन्तान जन्माउन र मह उत्पादन गर्न मदत गर्छ ।
माहुरीपालकहरूले दक्षिणमा यात्रा गरेनन् भने चार पटक मह काढ्नुको सट्टा वर्षमा दुई पटक मात्र मह काढ्छन् । फेब्रुअरीमा तापक्रम बढ्दै गएपछि हुसैनले आफ्नो उत्तर यात्रा सुरु गर्नेछन् । पाकिस्तानको सीमा नजिकैको प्राचीन शहर पठानकोटमा दुई महिनासम्म उनी र उनीजस्तै दर्जनौँ किसानहरूले काश्मिरको चीसोलाई छल्दै मह उत्पादन गर्ने गर्छन् ।
उनीहरूले फर्किनुपूर्व जमिन भाडामा लिने गर्छन् र अप्रिलको सुरुतिर लिचीका रूखहरूमा फूलहरू फुल्ने समय पर्खने गर्छन् । जसले गर्दा घर फर्कने अन्तिम यात्राअघि उनीहरूले अर्को एक पटक मह जम्मा गर्न सक्छन् । तर काश्मिर उपत्यकामा विश्वव्यापी तापक्रम वृद्धिसँगै यस क्षेत्रको तापक्रम बढिरहेको अधिकारीहरूको भनाइ छ ।
पछिल्ला दशकहरूमा तापक्रम वृद्धिका कारण आउने हिउँदे आँधी यहाँको वन्यजन्तुको लागि खतरा बनेको छ । गत वर्ष त्यहाँ झन्डै ७५० टन मह उत्पादन भएको थियो र विशेषज्ञहरूको भनाइअनुसार यस क्षेत्रले अझ बढी मह उत्पादन गर्न सक्छ । हालैका वर्षहरूमा आँधी, तातो हिउँद र अप्रत्याशित वर्षाले उत्पादनमा असर गरेको छ ।
हुसैनका अनुसार कश्मीरको बदलिँदो हावापानीले उनको आजीवनको लागि वार्षिक बसाइँ सराइलाई झन्–झन अत्यावश्यक बनाउँउन थालेको छ । उनले भने, “गर्मी मौसमले फूलनष्ट गर्न सक्छ र मौरीहरूले फूलको रस सङ्कलन गर्न सक्दैनन् । उनले थपे, पछिल्ला बर्षहरूमा धेरै गर्मी र अत्याधिक वर्षा भएको छ । दुबै मह उत्पादनका लागि प्रत्युत्पादक हुने गर्छन् ।” —Powered By Orson Infotech
प्रतिक्रिया दिनुहोस्