चीनको सिचुआन प्रान्तमा आँधीका कारण ६ जनाको मृत्यु, १२ जना बेपत्ता

१ साउन, चेङ्दु ।  चीनको दक्षिणपश्चिमी सिचुआन प्रान्तमा आएको आँधीका कारण आइतबार बिहान ७ बजेसम्म ६ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले बताएका छन्।

शुक्रबारदेखि बेलुका ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म बेइचुआन छियाङ स्वायत्त काउन्टीमा ११० मिलिमिटरसम्म वर्षा भएको र करिब २२, ३०० मानिसहरूलाई असर गरेको बताइएको छ।
 
बाढीका कारण बैशी टाउनसिपमा ६ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन्।

frontline

त्यसैगरी अधिकारीहरूले हराएकाहरूको खोजी गर्न, सडक र सञ्चार सुविधाहरू मर्मत गर्न र अन्य उद्धार कार्यहरू सञ्चालन गर्न  ४०० भन्दा बढी उद्धारकर्मीहरू घटनास्थलतर्फ पठाएका छन्।

बैशी टाउनसिपका ४८० जनासहित १३ सयभन्दा बढीलाई सुरक्षित स्थानतर्फ स्थानान्तरण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here