चीन र जापानबाट गरी २४ लाख डोज खोप आउदै

बुधवार, काठमाडौं । यो साता चीन र जापानबाट गरी कुल २४ लाख डोज कोभिडविरुद्धको खोप काठमाडौं आइपुग्ने भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन माहाशाखाका अनुसार यो साता २४ लाख खोप आउने र त्यसमध्ये भोलि आठ लाख भेरोसेल खोप आउन लागेको छ।

frontline

चीनबाट अनुदानमा प्राप्त १६ लाख डोज भेरोसेल खोप र जापानबाट कोभ्याक्स सुविधा अन्तरगत प्राप्त १६ लाख डोजमध्ये बाँकी ८ लाख डोज अस्ट्राजेनेका खोप आउन लागेको माहाशाखा अन्तर्गतको आपूर्ती शाखा प्रमुख उपेन्द्र ढुङगानाले बताए।

‘भोलि पनि चीनबाट भेरोसेल खोप आउँदै छ, हामीले खोप आए पछि प्रदेशहरुमा पठाउँछौं।’

चिनियाँ खोप आगामी बुधबार र बिहिबार ८/८ लाखका दरले ल्याइँदै छ। जापानबाट बाँकी रहेको आठ लाख डोज अस्ट्राजेनेका भदाै ६ र ८ गते चार/चार लाखको दरले आउने बताइएको छ।

यसअघि जापानबाट साउनमा दुई चरणमा गरी ८ लाख डोज अस्ट्राजेनेका खोप आएको थियो। त्यतिबेला नै भुटानबाट दुई लाख ३० हजार डोज अस्ट्राजेनेका खोप आएको थियो ।

जापान र भुटानबाट आएको खोपबाट सरकारले पाँच महिना अघि पहिलो डोज कोभिसिल्ड खोप लगाई दोस्रो डाेजबाट बञ्चित भएका साढे ९ लाख बढी जेष्ठ नागरिकसहित १३ लाख ६८ हजार व्यक्तिलाई खोप दिन सुरु गरेको छ।

आएको खोप प्रदेशहरुमा पठाइने

अब आउने अस्ट्रजेनेका खोप प्रदेश एक र दुईमा पठाइने स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्था शाखाका बडेवाबु थापाले बताए। उनका अनुसार अब ८ लाख डोज अस्ट्राजेनेका खोप एक र दुई नम्बर प्रदेशमा पठाइने छ।

यस्तै अब चीनबाट आउने भेरोसेल खोप मध्ये साढे तीन लाख प्रदेश एक (विराटनगर), पौने चार लाख डाेज प्रदेश दुईमा, ५० हजार सुदूरपश्चिम नम्बर प्रदेश ( धनगढी) र बाँकी खोप काठमाडौं उपत्यकासहित प्रदेश तीनमा राखिने थापाले बताए।

‘अब चीनबाट खोप आउनासाथ आवश्यकताको आधारमा सबै ठाउँमा पठाइन्छ तर अस्ट्राजेनेका खोप भने प्रदेश एक र दुईमा मात्रै पठाइन्छ’ उनले भने। यस्तै अगस्टभित्र ४० लाख डोज खोप आउने समेत मन्त्रालयले जनाएकाे छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here