चीनले जुटायो नेताहरूलाई एकैमञ्चमा (तस्बिरहरू)
काठमाडौँ । नेपाल र जनवादी गणतन्त्र चीनबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको छ । शुक्रबार ७० औँ वार्षिकोत्सवको विशेष अवसरमा नेपालका शीर्षस्थ नेताहरू एकैमञ्चमा देखापरेका छन् ।
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा,नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्षस्थ नेताहरू एकैमञ्चमा देखा परेका हुन् ।
कार्यक्रममा नेपाल समाजवादी पार्टी(नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराई,नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल लगायत अर्थमन्त्री विष्णु पौडेल,सहरी विकासमन्त्री प्रकाशमान सिंह लगायत पनि सहभागी थिए ।
कार्यक्रममा सहभागीहरूले नेपाल–चीन सम्बन्ध आपसी विश्वासमा आधारित हुँदै अझ सुदृढ र गहिरो बनेको बताए ।













प्रतिक्रिया दिनुहोस्