चीनमा लकडाउन खुकुलो बनाइएपछि बढ्यो कोरोना संक्रमण

२९ मंसिर, काठमाडाैँ ।  चीनमा कोभिडशून्य नीतिको व्यापक विरोध भएपछि सरकारले लकडाउन खुकुलो बनाएकाले कोरोना संक्रमणका केसहरू बढ्न थालेका छन् । 

अस्पतालहरूमा संक्रमितको संख्या ह्वात्तै बढेको छ । स्वास्थ्यकर्मीहरू समेत थला पर्न थालेका छन् । संक्रमित चिकित्सकहरूले समेत बिरामीको उपचार गरिरहेका छन् । 

frontline

तर कोरोनाको ओमिक्रोन भाइरस खतरनाक नभएको भन्दै चिनियाँ अधिकारीहरूले जनतालाई आश्वस्त पार्न खोजेका छन् ।

सरकारले मानिसहरूलाई सेल्फ केयर गर्न पनि भनिरहेको छ । विशेष ध्यान दिएमा संक्रमणबाट बच्न सकिने सरकारको भनाइ छ । 

सरकारको एड्भाइजरीका बावजूद चीनको लोकल मेडिकल इमर्जेन्सी हेल्पलाइनमा दिनदिनै ३० हजारभन्दा बढी मानिसको कल आइरहेको छ । 

सिचुआन प्रान्तमा दिनदिनै ८०० जना जति रोगी ज्वरो आयो भन्दै अस्पताल आइरहेका छन् । 

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस एधानमले चीनलाई कोरोनाभाइरसम्बन्धी डेटा शेयर गर्न भनेका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here