चीनमा देशभित्रै संक्रमितको संख्या बढ्दै
३० पुस, बेइजिङ । चीनमा देशभित्रै संक्रमित भएकाहरूको संख्या बढ्न थालेको चिनियाँ स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
पछिल्लो समय चीनमा कोरोना संक्रमणको प्रकोप बढ्न थालेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।
बिहीबार चीनका हेनान र तियाजिन प्रान्तमा गरी १४३ जना संक्रमितहरू भेटिएको अधिकारीहरूले जनाएका छन् ।
तीमध्ये सबैभन्दा बढी हेनानमा ९८ जना भोटिएको जनाइएको छन् । यहाँ देशभित्रै र बाहिरबाट आएकाहरूमा पनि संक्रमितहरू पाइएको हो ।
संक्रमण देखिएपछि उत्तरी चीनको सियान सहरमा अघिल्लो महिना लकडाउन गरिएको थियो ।
यहाँका अधिकारीहरुले सियानका एक करोड ३० लाखभन्दा बढी मानिसलाई घरमै बस्न निर्देशन दिएका थिए ।
डिसेम्बरको मध्यतिर दैनिक १५० जनाभन्दा बढीमा कोभिड पुष्टि भएपछि सरकारले लकडाउन गरेको थियो ।
चीनले कोभिड पूरै नियन्त्रण गर्ने कडा रणनीति लिएको छ । महामारी रोक्न त्यसअन्तर्गत सामूहिक परीक्षण र कडा लकडाउनजस्ता उपाय अवलम्बन गरिएको छ ।
चीनले आगामी फेब्रुअरीमा ग्रीष्मकालीन ओलिम्पिकको आयोजना गर्न लागेको छ ।
त्यसैले चीनले अहिले कोभिडबारे उच्च सतर्कता कायम गरेको छ ।
प्रतिक्रिया दिनुहोस्