चीनबाट ४४ लाख डोज भेरोसेल खोप आइपुग्यो

काठमाडौ । चीनबाट कोरोना भाइरसविरुद्धको ४४ लाख डोज भेरोसेल खोप आइपुगेको छ ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट दिउँसो २ बजे, ४४ लाख डोज खोप आइपुगेको स्वास्थ्य सेवा विभाग सूचना अधिकारी महेश पाण्डेले जानकारी दिनुभयो ।

frontline

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल एप्रोन एरियामा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ र स्वास्थ्य सचिव डा. रोशन पौडेलले खोप ‘रिसिभ’ गर्नुभयाे ।

खोप ल्याउन गएराति नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ गएको थियो । सरकारले ६० लाख खरिद गरेकामा यसअघि १६ लाख डोज खोप नेपाल आइसकेको छ।

स्वास्थ्य विभागअन्तर्गतको खोप शाखा प्रमुख डाक्टर सागर दाहालले अहिलेसम्म एक करोड ३३ लाख खोप आइसकेको जानकारी दिनुभयो । जसमध्ये ५० लाख डोज खोप सरकारले खरिद गरेको हो भने बाँकी खोप विभिन्न देशबाट अनुदानमा आएको हो ।

भेरोसेल खोप यसअघि एक भाइलमा दुई डोज हुने गरे पनि यसपटक भने एक भाइलमा ५ डोजको खोप उत्पादन गरेकाले एकै पटक ४४ लाख डोज खोप ल्याउन सकिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here