चीनबाट कोरोना विरुद्धको थप खोप ल्याउने तयारी

काठमाडौं । चीनबाट कोरोना भाइरसविरुद्धको थप खोप ल्याउने तयारी सरकारले गरेको छ ।

नेपाल एयरलाइन्सका महाप्रवन्धक डिमप्रकाश पौडेलका अनुसार आगामी जुलाई ८ तारिखका दिन चीनबाट खोप ल्याउने प्रयोजनका लागि जहाज तयारी अवस्थामा राख्न निर्देशन आएको छ ।

frontline

जहाज ८ तारिखमा बेइजिङ उडाउने तयारी गरिएको उनले जानकारी दिए ।

नेपाल सरकारले चीनसँग खोप खरीदको पहल गरिरहेको थियो । यसको ठोस प्रगति भने सार्वजनिक भएको थिएन ।

शुक्रबार बालुवाटारमा बसेको एमाले केन्द्रीय कमिटी बैठकमा भने प्रधानमन्त्री केपी शर्मा ओलीले थप खोप आउने संकेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here