चीनका लागि जर्मनीका राजदूत जन हेकरको निधन

श्रोत : ईन्टरनेट

बेइजिङ् । चीनका लागि जर्मनीका राजदूत जन हेकरको निधन भएको छ । जर्मनीको केन्द्रीय विदेश मन्त्रालयले उहाँको निधन भएको सोमबार पुष्टि गरेको छ ।

“चीनका लागि जर्मनीका राजदूत जन हेकरको निधन भएको खवरले हामी अत्यन्त दुःखी छौँ,” मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

frontline

उहाँका परिवारजन र निकट मित्रहरुप्रति मन्त्रालयले सहानुभूित व्यक्त गरेको छ । बेइजिङ् खटाउनु अगाडि उहाँ चान्सलर एंगेला मर्केलको विदेश ममिला सल्लाहकार हुनुहुन्थ्यो ।

चर्चित बरिष्ठ कुटनीतिज्ञ जन हेकरलाई अघिल्लो महिना मात्रै चीनका लागि जर्मनीको राजदूतका रुपमा बेइजिङ् पठाइएको थियो ।  (रासस÷एएनआई)

प्रतिक्रिया दिनुहोस्

poster-here