चीनका पूर्वराष्ट्रपति जियाङ जमीनको निधन

१४ मंसिर, काठामाडौं । चीनका पूर्वराष्ट्रपति जियाङ जमीनको ९६ वर्षको उमेरमा निधन भएको छ। बीबीसीका अनुसार उनको मृत्यु बुधबार दिउँसो संघाइमा भएको हो। रक्त क्यान्सरबाट उनको निधन भएको चिनियाँ सञ्चारमाध्यमहरुले जनाएका छन्। 

उनी सन् १९८९ देखि २००४ सम्म चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का महासचिव थिए। उनले सन् १९९३ देखि २००३ सम्म चीनको राष्ट्रपतिका रूपमा कार्यभार सम्हालेका थिए। राष्ट्रपति भएकै बेला उनी सन् १९९६ मा नेपाल भ्रमण गरेका थिए।

frontline

सन् १९८९ मा भएको तियानमेन स्क्वायर नामक आन्दोलनबाट जियाङ राजनीतिमा उदाएका थिए। रक्तपातको रूपमा चिनिएको उक्त आन्दोलनबाट जियाङको उदय भए पनि विश्व समुदायले भने चीनको विरोधमा उत्रिएको बताइन्छ। 

उनी नेतृत्वको चिनियाँ सरकारले नै अर्थव्यवस्थालाई मजबुत बनाएको थियो। त्यसबेला सीपीसीले सत्तामा समेत कडा पकड बनाएको थियो। उनकै नेतृत्वमा सन् १९९७ मा हङकङलाई शान्तिपूर्ण तवरबाट हस्तान्तरण गरिएको र २००१ मा विश्व व्यापार संगठनसँग चीनलाई आबद्धता गराइएको थियो। यसबाहेक उनीमाथि धार्मिक सम्रदायिकता फैलाइएको आरोपसमेत लगाइन्छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here