चिलसँग ठोक्किएको तारा एयरको जहाज मर्मतका लागि प्राविधिक टोली पुगे सिमकोट

२२ मंसिर, काठमाडौं । बुधबार चिलसँग ठोक्किएको तारा एयरको जहाज मर्मतका लागि प्राविधिक टोली हुम्लाको सिमकोट विमानस्थलमा पुगेको छ ।

नेपालगञ्जबाट आज बिहान प्राविधिक जनक तामाङ नेतृत्वका सात सदस्यीय टोली पुगेको जिल्ला प्रहरी कार्यालय हुम्लामा इन्सपेक्टर दिपक मल्लले बताए । उनले टोलीले जहाजको क्षति भएको भाग मर्मतको काम सुरु गरिसकेको बताए ।

frontline

बुधबार अदानचुली गाउँपालिकास्थित मुनेलेक क्षेत्रमा उडिरहेको तारा एयरको ट्विनअटर जहाज चिलसँग टोक्किदा जहाजको अघिल्लो भागमा क्षति पुगेको थियो ।

पाइलट, को–पाइलट र एयर होस्टेज गरी तीनजना सवार जहाज सिमकोट विमानस्थलमा सकुसल अवतरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here