चिनियाँ संस्कृतिमा ढाल्न तिब्बती बालबालिकालाई अभिभावकबाट अलग्यायो
२७ मंसिर, बेइजिङ । चीनले करिब ८ लाख तिब्बती बालबालिकालाई आफ्ना अभिभावकबाट अलग्याएको खुलेको छ।
तिब्बत एक्सन इन्स्टिच्युट (टिएआई)को रिपोर्टले तिब्बती बालबालिकालाई चिनियाँ संस्कृतिमा ढाल्न करिब ८ लाख बालबालिकालाई अभिभावकबाट अलग्याएको हो।
टिएआइकाअनुसार ६ देखि १८ वर्ष उमेर समूहका करिब ८ लाख तिब्बती बालबालिकालाई चीनले आफ्नो उपनिवेशमा रहेका बोर्डिङ स्कुलमा राखेको छ।
ती बालबालिकाहरुलाई तिब्बतको बौद्ध धर्म र त्यहाँको संस्कृतिबाट टाढा राखेर चिनियाँ संस्कृति लाद्न आफ्ना अभिभावकसँग अलग्याएर टाढा राखेको सो रिपोर्टको निष्कर्ष छ।
तिब्बतमा शिक्षाका वैकल्पिक मार्गको अभाव र चीन सरकारको दमनका कारण अभिभावकहरु बलबालिकासँग अलग्गिन बाध्य भएको तिब्बतको नेसनल रिभ्यु म्यागजिनले उल्लेख गरेको छ।
अभिभावकबाट अलग्गिएका बालबालिकाले तिब्बती संस्कृति, धर्म र भाषा सिक्नबाट वञ्चित हुने र उनीहरु चिनियाँ संस्कारअनुसार हुर्किने प्रक्षेपण विश्लेषकहरुले गरेका छन्।
प्रतिक्रिया दिनुहोस्