चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार नेपाल आउने

BERLIN, GERMANY – DECEMBER 19: China’s Foreign Minister Wang Yi on December 19, 2015 in Berlin, Germany. (Photo by Thomas Trutschel/Photothek via Getty Images)

७ चैत्र,काठमाडौं । चिनियाँ विदेशमन्त्री वाङ यी शुक्रबार नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयले चीनका विदेशमन्त्री यी चैत ११ गते नेपाल आउन लागेको जानकारी गराएको छ ।

परराष्ट्रमन्त्री नारायण खड्काको निमन्त्रणामा यी तीनदिने औपचारिक भ्रमणमा नेपाल आउन लागेका हुन्।  

frontline

नेपाल भ्रमणका क्रममा विदेश मन्त्री यीले राष्ट्रपति वीद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहल प्रचण्डलाई भेट्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा जनाएको छ । 

चैत १२ गते शनिबार परराष्ट्रमन्त्री खड्का र विदेशमन्त्री यीबीच दुई पक्षीय भेटवार्ता हुनेछ ।

भेटका क्रममा  बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) परियोजनाको बारेमा छलफल हुनेछ। विदेशमन्त्री  यी आइतबार फर्किनेछन्।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here