चिनियाँ जनकंग्रेसका अध्यक्ष लीले राष्ट्रपति, प्रधानमन्त्रीसहित शीर्ष नेताहरुलाई भेट्ने

२७ भदौं, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा र चिनियाँ राष्ट्रिय जनकंग्रेसका स्थायी समिति अध्यक्ष ली चानसु सोमबार भेटवार्ता हुने भएको छ।

चीनबाट अपरान्ह काठमाडौं आउने ली चानसुको टोलीलाई सभामुख सापकोटाले साँझ ५ बजे संसद भवनमा स्वागत गर्ने कार्यतालिका रहेको छ।

frontline

उनीहरुबीच ५:२० बजेदेखि छलफल हुनेछ। एक घन्टा चल्ने छलफलमा दुई देशबीच विभिन्न विषयमा हस्ताक्षर हुने बताइएको छ। हस्ताक्षर हुने विषय भने खुलाइएको छैन। ली चानसु त्यसपछि सोल्टी होटल फर्किनेछन्।

साँझ ७ बजे सभामुख सापकोटा सोल्टी जाने कार्यक्रम रहेको छ। चानसुको सम्मानमा सापकोटाद्वारा आयोजना गरिएको रात्रिभोज ७:३० बजेदेखि सुरु हुने कार्यतालिका रहेको छ। 

भोलि मंगलबार ली चानसुको कार्यतालिका ९ बजेदेखि सुरु हुनेछ। सोल्टीबाट उनी सिधै बानेश्वरस्थित संसद भवन आउनेछन्। ९:१५ पछि राष्ट्रिय सभाध्यक्ष गणेश प्रसाद तिमिल्सिनासँग भेटवार्ता हुने कार्यक्रम छ।

लगत्तै १० बजे नेकपा एमाले अध्यक्ष केपी शर्मासँग भेटवार्ता हुनेछ भने १०:४५ बजे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चानसुले भेटवार्ता गर्नेछन्। 

१२:३० बजे होटल फर्किएपछि केही समय आराम गर्ने र भोलि नै ३ बजे सोल्टी होटलमै परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग शिष्टाचार भेटवार्ता हुने कार्यक्रम तय भएको छ। 

त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि भोलि नै भेट्ने कार्यतालिका रहेको छ। त्यसका लागि ली चानसु भोलि ४ बजे प्रधानमन्त्री निवास बालुवाटार पुग्नेछन्। प्रधानमन्त्रीसँग आधा घन्टा शिष्टाचार भेटवार्ता भएपछि उनी होटल फर्किनेछन्।

त्यस्तै पर्सी बुधबार ली चानसु भक्तपुर जाने कार्यक्रम रहेको छ। उनी त्यसका लागि ९:३० बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। दुई घन्टाको ‘साइट सीन’पछि उनी होटल फर्किनेछन्। 

ली चानसुले पर्सी बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। त्यसका लागि उनी ४ बजे महारागन्जस्थित शीतल निवास पुग्नेछन्।

चार दिने भ्रमणका लागि काठमाडौं आउन लागेको ली चानसु नेतृत्वको टोली बिहीबार चीन फर्किने कार्यक्रम रहेको छ। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here