चितवन सहित देशभर वडा सम्मेलन गर्दै माओवादी केन्द्र

४ मंसिर, चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले चितवन सहित देशभर वडा सम्मेलन गर्ने भएको छ । आज (शनिबार) चितवन लगाएत देशभरका ६, हजार ७ सय ४३ वडामा सम्मेलन गर्ने भएको हो ।

चितवनका सबै वडाहरुमा वडा सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् जिल्ला ईन्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए ।

frontline

वडा सम्मेलन बाटै माओवादीले ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित, ७ प्रतिशत मुस्लिम अनिवार्य गरेको छ । भट्टराईका अनुसार ५१ प्रतिशत पार्टी सदस्य सहभागी नभएको खण्डमा वडा सम्मेलन हुने छैन् ।

सम्मेलन मार्फत महानगर भित्रको वडामा ४५ सदस्य र नगरमा २९ जनाको वडा कमिटी बन्दैछ ।यसैगरी, मंसिर ११ गते सबै पालिकाहरुमा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुँदैछ ।आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा माओवादीको राष्ट्रिय सम्मेलन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here