चितवन प्रशासनद्वारा नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

श्रोत : ईन्टरनेट

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

प्रशासनले बिहीबार सूचना जारी गर्दै नारायणी, राप्ती, रिउलगायत ठूला साना नदीमा पानीको सतह बढिरहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्नेलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो ।

frontline

माडी क्षेत्रको वनकट्टा, कल्याणपुर, छरछरे, गोविन्दबस्ती र आसपासका क्षेत्रमा भारी वर्षा भएकाले उच्च सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।

यस्तै इच्छाकामना, कालिका, राप्ती र भरतपुर महानगरपालिका–२९ लगायतका पहाडी भूभागमा भूक्षय र पहिराको समेत जोखिम रहेको कार्यालयका सूचना अधिकारी खेमराज पौडेलद्वारा जारी सूचनामा उल्लेख छ ।

बाढी आएको समयमा नदीनालामा माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा संकलन गर्ने जस्ता जोखिमयुक्त कार्य नगर्न नगराउन प्रशासनले सबैमा अनुरोध गरेको छ ।

यसैबीच, निरन्तरको वर्षाका कारण माडीका १६८ घर डुबानमा परेका छन् ।

जिल्ला आपत्कालीन सञ्चालन केन्द्रका अनुसार माडी नगरपालिका–१, ३, ४, ६ र ७ का ती घर डुबानमा परेका हुन् ।

उनीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ । माडी नगरपालिका–१ मा रहेका १६० घरधुरीलाई पाँच पाण्डव मध्यवर्ती वनको भवनमा र वडा नम्बर ३ बघौडाका ८ घरधुरीलाई सार्वजनिक स्थानमा राखिएको छ ।

अन्य स्थानका स्थानान्तरणको काम भइरहेको केन्द्रले जनाएको छ ।

निरन्तरको वर्षाका कारण माडीका खोलामा पानीको सतह बढेसँगै माडी-भरतपुर सवारी आवागमन रोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here