चितवनमा २४ घण्टामा थपिए ३३ जना नयाँ डेंगु संक्रमित, हालसम्म ५१ जनाको मृत्यु

३ कात्तिक, चितवन । चितवन जिल्लामा गत पछिल्लो २४ घण्टामा ३३ जना नयाँ बिरामी थपिएका छन् । जिल्लामा हालसम्म कुल संक्रमितको संख्या १२८३ पुगेको छ ।

स्वास्थ्य कार्यालय चितवनका अनुसार आज भरतपुर महानगरपालिकामा २८ जना र राप्ती नगरपालिकामा १ जना थपिएका छन् त्यसैगरी ठेगाना नखुलेका १ र अन्य जिल्लाबाट आएका ३जना छन् ।

frontline

त्यस्तै, हालसम्म तिन जनाको मृत्यु भएको छ । चितवन जिल्लामा हालसम्म ७६९१ जनामा डेंगु परिक्षण गएिको छ । देशभर अहिले डेंगु संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार डेंगु संक्रमण ७७ जिल्लामा फैलिएको छ भने ४२ हजार पाँच सय चार जना संक्रमित भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here