चितवनमा महिलाको बलात्कार गरि हत्या गरेको आरोपमा २ जना पक्राउ

८ मंसिर, चितवन । चितवन प्रहरीले जवरजस्ती करणी गरि महिलाको हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । मंसिर ४ गते भरतपुर महानगरपालिका वडा नं. २ दुुर्गा मन्दिर पछाडिको हाट बजारमा अन्दाजी ५५ :६० वर्षीया महिलालाई बलात्कार गरि हत्या गरेको भन्दै २ जनालाई पक्राउ गरेको हो ।

चितवन प्रहरीका प्रहरी निरीक्षक सुवास भटट्को नेतृतवमा खटिएको टोलीले निर्वाचनको समयमा भएको घटना तत्कालै दोषी पक्राउ गरि कार्वाहीको दायरामा ल्याउन सफल भएको एसपी नवराज अधिकारीले जानकारी दिए ।

frontline

पक्राउ पर्नेमा भरतपुर २ तीनखोले बस्ने वर्ष २३ का सन्दीप गुरुगं र सोहि स्थानका बिजय परियार रहेका छन् । जवरजस्ती करणी पश्चात उनिहरुले महिलाको हत्या गरि शव नजिकै रहेको ठुलो गुम्बाको कम्पाउण्ड भित्र झाडिमा फालेको प्रहरीले जनाएको छ ।

घटना बिवरण –
मिति २०७९/०८/०४ गते बिहान अं.०६:०० बजेको समयमा जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.२ दुर्गा मन्दिरचोक स्थित प्रतिक्षालय पछाडी कम्पाउण्ड सहितको हाट बजार लाग्ने खाली चौरमा तत्काल नामथर, वतन नखुलेको अं.५५/६० बर्षको महिला (हाल सनाखत भइसकेको) मृत अवस्थामा फेला परेको ज्यान सम्बन्धी कसुर (कर्तव्य ज्यान) को अनुसन्धानको सिलसिलामा उक्त घटनाको सम्बन्धमा घटनास्थल वरपरका स्थानिय मानिसहरुसँग बुझ्ने, सो स्थान वरपर जडान भएको CCTV Footage हरुको विश्लेषण गर्ने लगायतको अनुसन्धान कार्यबाट निज महिलालाई कर्तव्य गरी हत्या गर्ने कार्यमा दुई जना पुरुष व्यक्तिको संलग्नता रहेको भनि बुझिन आएकोमा निजहरुको खोजतलास एवं पहिचान गर्ने क्रममा उक्त घटनामा संलग्न रहेका जिल्ला गोरखा सिरानचोक गाउँपालिका वडा नं.२ नागरिकताको ठेगाना भई हाल जिल्ला चितवन भरतपुर म.न.पा.वडा नं.२ तिनखोले स्थितमा स्थायी रुपमा बसोबास गरी आएको बर्ष २३ को सन्दिप गुरुङलाई नियन्त्रणमा लिई सोधपुछ गर्दा उक्त घटना निज र सोही स्थानमा बसोबास गर्ने बिजय परियार नाम गरेको व्यक्तिले मिलोमतोमा निज महिलालाई जबरजस्ती करणी गरी सोही स्थानमा रहेको ढुंगाले टाउकोमा प्रहार गरी हत्या गरी सो ढुंगा घटनास्थल नजिक रहेको ठुलो गुम्बाको कम्पाउण्ड एरिया भित्र झाडीमा फालेको भनि बताएको र निज बिजय परियारलाई खोज तलास क्रममा ऐ.वडा नं.२ क्षेत्रपुर रामेश्‍वर मन्दिर एरियाबाट फेला पारी निजलाई समेत नियन्त्रणमा लिई प्रारम्भिक सोधपुछको क्रममा उक्त वारदात स्विकार गरेको र निजहरुले वारदातको समयमा प्रयोग गरिएको भनिएको कण्डम र ढुंगा समेत निजहरुले देखाएको स्थानबाट बरामद गरी प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी सम्मानित चितवन जिल्ला अदालतवाट म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here