चितवनमा एक व्यक्तिले गरे छोरी र भतिजको हत्या

News Summary

Generated by OK AI. Editorially reviewed.

  • चितवनमा एक व्यक्तिले आफ्नी छोरी र दाजुको छोरालाई हत्या गरेका छन्।
  • हत्या गरेका व्यक्तिले आफ्नै घाँटी रेटेका छन् र अहिले गम्भीर अवस्थामा छन्।
  • घटनाको कारण अझै खुल्न सकेको छैन र प्रहरीले अनुसन्धान गरिरहेको छ।

२ जेठ, चितवन । चितवनको भरतपुर महानगरफालिका वडा नम्बर २५ शुक्रनगरमा एक व्यत्तिले आफ्नी छोरी र दाजुको छोराको हत्या गरेका छन् ।

frontline

४२ वर्षीय लिलाराज गिरीले दाजु दया गिरीको छोरा अन्दाजी ६/७ वर्षको सजन गिरी र आफ्नी छोरी प्रभालाई खुर्पा प्रहार गरेर हत्या गरेका हुन् । खुर्पा प्रहारबाट गम्भीर घाइते भएका सजन र प्रभाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार गर्ने क्रममा आज बिहान मृत्यु भएको हो ।

घटनापछि लिलाराजले आफ्नै घाँटी रेटेका थिए । उनको गम्भीर अवस्थामा उपचार जारी छ ।

घटनाको कारण खुलेको छैन । प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

अपराध |चितवन |हत्या

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here