चार सन्तानकी आमा ज्वाईंको प्रेममा, श्रीमान् छोडेर भागिन्
१९ पुस, एजेन्सी । राजस्थानको सिरोहीमा ज्वाईं र सासुबीच प्रेम बस्यो । यी दुई एक–अर्काको प्रेममा यति लिप्त भए कि दुबैजना घरबाट भागे ।
ज्वाईंविरुद्ध ससुराले सासु भएको भन्दै उजुरी दर्ता गरेका छन् । प्रहरीले उजुरी दर्ता गरेर यी दुईको खोजी कार्य गरेका छन् ।
सिरोही जिल्लाको अनादरा थाना क्षेत्रको सियांकारा गाउँमा बस्ने रमेश जोगीले थानामा गएर रिपोर्ट दर्ता गरेका छन् ।
उनले प्रहरीलाई उनकी छोरीका श्रीमान् ९ज्वाईं० ले उनकी श्रीमती ९सासु० लाई भगाएको भन्दै उजुरी दिएका छन् ।
रमेशले दिएको जानकारी अनुसार छोरीको विवाह नजिकैको मामावली गाउँमा बस्ने नारायण जोगीसँग भएको थियो ।
ज्वाईं नारायण ३० डिसेम्बरमा रक्सीको बोतल लिएर ससुराली पुगेको बताइन्छ । यहाँ नारायणले ससुरा रमेशसँग बसेर रक्सी पिए ।
रमेशका अनुसार अत्यधिक नसामा भएका कारण उनी निदाए । उनी भन्छन्, ‘बेलुका चार बजे आँखा खुल्दा मेरी श्रीमती र ज्वाईं नारायण घरमा थिएनन् । मैले सबैतिर उनीहरुलाई धेरै नै खोजेँ । तर केही पत्ता लाग्न सकेन । ’
यसबारे अनादरा थाना अधिकारी बलभद्र सिंहले भने, ‘रमेशकी श्रीमती ज्वाईंसँग ३० डिसेम्बरमा गायब भएकी थिइन् ।
रमेशले १ जनवरीमा श्रीमती हराएको भन्दै जानकारी दिएका छन् ।’ उनका अनुसार ज्वाईं नारायणले उनकी श्रीमतीलाई ललाई फकाई गरी आफ्नो साथमा लिएर गए । उजुरी दर्ता गरिएको छ । प्रहरीको टोलीले उनकी श्रीमती र ज्वाईंको खोजी गरिरहेको जानकारी दिएको छ ।
ज्वाईंसँगै हराएकी सासु तीन छोरी र एक छोरीकी आमा हुन् । सबैको विवाह भइसकेका ेछ । यस्तै, ज्वाईं नारायणको पनि तीन सन्तान छन् । नारायणले आफूसँग एक छोरी पनि लिएर गएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्