चार्जमा राखिएको मोबाइल चलाउँदा करेन्ट लागेर एक युवकको मृत्यु

सान्केतिक तस्बिर

२५ कार्तिक, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ दुरुचुङमा चार्जमा राखिएको मोबाइल चलाउँदा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

बिहीबार (आज) विहान अचानक हाइभोल्टेज आउदा चार्जमा राखेर मोबाइल चलाइरहेका २७ वर्षीय चित्रबहादुर राना मगरको मृत्यु भएको हो ।

frontline

करेन्ट लागेर गम्भीर घाइते भएका मगरलाई उपचारका लागि जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र झरौटामा ल्याइएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका स्थानीयले बताएका छन् । स्थानीयका अनुसार यस घटना बिहान करिब ४ बजेतिर भएपनि ७ बजेतिर मात्र थाहा भएको थियो ।

त्यस्तै सोही लाइनको करेन्ट लागेर मृतकका काका दलबहादुर राना र २४ वर्षीया गर्भवती महिला सोममाया थापा मगर पनि घाइते भएका छन् । अहिले उनीहरुको जीपी कोइराला अस्पतालमा उपचार भइरहेको छ ।

पीडित पक्षले ग्रामीण विद्युतीकरण कार्यालयको लापरबाहीका कारण मगरले अकालमै ज्यान गुमाउनु परेको र क्षतिपूर्तिको माग गर्दै शव उठाएका छैनन् ।

स्थानीयका अनुसार सामुदायिक ग्रामीण विद्युतीकरण दुलेगौंडा अध्यक्ष रामचन्द्र खनाल जिल्ला बाहिर रहेको र अर्का सञ्चालक देवलाल खनालसँग सामान्य छलफल भएपनि निष्कर्षमा पुग्न सकेको छैन ।

त्यस्तै अस्पताल परिसरमा वडा नम्बर ५ का अध्यक्ष दीर्घबहादुर थापा, वडा नम्बर ११ का अध्यक्ष दलबहादुर थापा मगर, वडा सदस्य थमनसिं आले, पीडित पक्षलगायत स्थानीयहरु पीडितलाई उचित क्षतिपूर्ति दिलाउनका लागि छलफलमा जुटेका बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here