चारकोसे जङ्गलमा बेवारिसे भेटिएकी नवजात शिशु माघ ४ गते बीपी प्रतिष्ठानमा जन्मिएकी थिइन !

७ माघ, धरान ।  सुनसरीको बराहक्षेत्र नगरपालिका-२ को चारकोसे जङ्गलमा बेवारिसे अबस्थामा भेटिएकी नवजात शिशु माघ ४ गते बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा जन्मिएको खुलासा भएको छ। 

प्रसुती व्यथा लागेर प्रतिष्ठान भर्ना भएकी महिलाले सामान्य अबस्थामा छोरी जन्माएकी थिइन्। नवजात शिशुको स्वास्थ्य राम्रो थियो।

frontline

शिशुको एउटा खुट्टा र हातको औला नछुट्टिएको देखेपछि बाबुआमाले चिकित्सकसँग कुरा गरेका थिए। चिकित्सकले भर्ना गरेर उपचार गर्नुपर्ने सल्लाह दिँदा उनीहरूले बच्चालाई लिएर गएको उपचारमा संलग्न एक चिकित्सकले बताए। 

शुक्रबार जङ्गलमा भेटेर बराहक्षेत्र नगरपालिकाका जनप्रतिनिधि र प्रहरीले शिशुलाई उपचारका लागि भर्ना गरेका थिए। अस्पतालमा भर्ना भएकी शिशु माघ ४ गते प्रतिष्ठानमै जन्मिएको जानकारी दिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी बुद्द श्रेष्ठले बताए।
 
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी राजकुमार राईले नवजात शिशुलाइ जङ्गलमा फाल्ने बुवाआमाको पहिचान भैसकेको र पक्राउ गर्न प्रहरी परिचालन गरिएको बताए। 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here