चारकोसे जंगलमा नवजात शिशु फेला

६ माघ, इनरुवा । सुनसरीको बराह क्षेत्र नगरपालिका–२ स्थित चारकोसे जंगलमा बिहीबार नवजात शिशु फेला परेको छ । 

कपडामा पोको पारेर जङ्गलमा बेवारिसे अवस्थामा छाडिएको नवजात शिशु (छोरी) फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

frontline

शिशुको उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक राजकुमार राईले जानकारी दिए ।

नवजात शिशुलाई कसले जंगलमा छाड्यो भन्ने विषयमा खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here