चामल किन्न नपरेको अभिव्यक्तिले विवादमा परेका जापानका कृषिमन्त्रीले दिए राजीनामा 

News Summary

Generated by OK AI. Editorially reviewed.

  • जापानका कृषिमन्त्री ताकु एतोले आफ्नो अभिव्यक्ति ‘म कहिल्यै किन्न नपरेको’ भन्दै राजीनामा दिए।
  • उनले अभिव्यक्ति अनुपयुक्त भएको महसुस गरी बुधबार प्रधानमन्त्रीको कार्यालयमा राजीनामा बुझाए।
  • पछिल्लो एक वर्षमा जापानमा चामलको मूल्य दोब्बरले बढेको बेला मन्त्रीको टिप्पणीले आलोचना पाएको थियो।

७ जेठ, काठमाडौं । समर्थकहरुले चामल दिने गरेकाले आफूले कहिल्यै किन्न नपरेको अभिव्यक्ति दिएपछि विवादमा तानिएका जापानका कृषिमन्त्रीले पदबाट राजीनामा दिएका छन् ।

frontline

जापानका कृषिमन्त्री ताकु एतोले यसै साता दिएको सार्वजनिक अभिव्यक्तिको मतदाताहरू र सांसदहरूले तीव्र आलोचना गरेका थिए ।

पछिल्लो एक वर्ष जापानमा चामलको मूल्य दोब्बरले बढेको छ । नागरिकहरु महँगो चामलको कारण मारमा परिरहेका बेला कृषि मन्त्रीले दिएको अभिव्यक्तिको आलोचना भएको थियो ।

आफ्नो अभिव्यक्ति अनुपयुक्त भएको महसुस गर्दै उनले राजीनामा दिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

‘चामलको मूल्य आकासिएर नागरिकहरू पीडित भएका बेला मैले अनुपयुक्त अभिव्यक्ति दिएको छु,’ बुधबार प्रधानमन्त्रीको कार्यालयमा राजीनामा बुझाएपछि एतोले पत्रकारहरूसँग भनेका छन् ।

जापानको सरकारी प्रसारक एनएचकेका अनुसार अब पूर्व वातावरण मन्क्री शिन्जिरो कोइजुमीले कृषि मन्त्री नियुत्त हुनेछन् ।

कृषिमन्त्री जापान

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here