चाँगुनारायणको नगरपालिका भवनको शिलान्यास, करिब २५ करोड लागतमा सुविधासम्पन्न भवन बन्ने


फ्रन्टलाइन खबर, फागुन ४ । भक्तपुरको चाँगुनारायण नगरपालिकाको आफ्नै भवन निर्माण हुने भएको छ । नगरपालिकाको वडा नम्बर ५ स्थित छालिङको घुमाउने भन्ने ठाउँमा नगरपालिकाको भवन बन्ने भएको हो । भवनको मंगलबार शिलान्यास गरिएको छ । आगामी डेढ वर्षभित्र निर्माण सम्पन्न हुने सो नगरभवनको जिल्ला समन्वय समिति भक्तपुरका संयोजक नवराज गेलाल, चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र, उपमेयर विना बास्तोला, प्रमुख प्रशासकिय अधिकृत अग्नीप्रसाद अधिकारी लगायतले संयुक्त रुपमा शिलान्यास गर्नुभएको छ ।
२५ करोड ४६ लाख २५ हजार लागत अनुमान गरिएको सो भवन ३० रोपनी क्षेत्रफलमा निर्माण हुने बताइएको छ । सो भवन निर्माणका लागि गत कार्तिक ६ गते निर्माण व्यवसायी सिनर्जी÷ब्राइट÷ज्ञानज्योती जेभीसंग सम्झौता गरिएको थियो । वि सं २०८० साल बैशाखभित्र निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । भवन निर्माणका लागि नगरपालिकाले चालू आर्थिक वर्ष १० करोड बिनियोजन गरेको छ भने जिल्ला समन्वय समितिले ३ करोड सहयोग गरेको छ । हाल चाँगुनारायण नगरपालिकाले खरिपाटी स्थित भाडाको घरमा कार्यालय संचालन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here