चाँगुनारायणका नगर प्रमुख खत्रीको नेतृत्वमा विकास प्राधिकरणमा डेलिगेसन

चाँगुनारायण नगरपालिका–७ को सद्भाव चोकदेखि पाइपलाइन सडक तथा वडा नं. ५ को ब्यारेकदेखि वडा कार्यालय जाने सडक लामो समयदेखि अलपत्र पर्दा स्थानीयवासीले सास्ती खेप्दै आएका छन्। वर्षायाममा सडक हिलाम्मे र जोखिमपूर्ण बनेपछि समस्या समाधानका लागि नगर प्रमुख जीवन खत्रीले काठमाडौं उपत्यका विकास प्राधिकरणसँग सक्रिय पहल गर्नुभएको छ।

काठमाडौं उपत्यका विकास प्राधिकरणले ठेक्का सम्झौतामार्फत निर्माण सुरु गरेको यी सडकले अपेक्षित गति लिन नसक्दा स्थानीयवासीले दैनिक आवतजावतमा कठिनाइ भोगिरहेका छन्।

frontline

यसै विषयलाई लिएर नगर प्रमुख खत्रीले काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख अधिकारीहरूसँग स्थानीय र जनप्रतिनिधिसहित डेलिगेसन गएर निर्माण कार्य तत्काल अघि बढाउन आग्रह गर्नुभएको छ । सो क्रममा वडा नं. ७ का वडा सदस्य श्यामकाजी नयाँजु तथा वडा नं. ५ का वडा सदस्य सुरेश कार्की र प्रभुराम थापाको समेत सहभागिता रहेको थियो।

नगर प्रमुख खत्रीले “यदि सडक निर्माण गर्न सकिँदैन भने त्यसको कारण सम्बन्धित निकायले जनतालाई स्पष्ट रूपमा बताउनुपर्छ। काम सुरु गरेर वर्षौंसम्म अलपत्र छाड्ने र त्यसको अपजस स्थानीय सरकारले बोकिरहनुपर्ने अवस्था अब स्वीकार्य छैन,” भन्दै कडा असन्तुष्टि व्यक्त गर्नुभयो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here