चाँंगुनारायण नगरपालिकाको आयोजनामा मेयर उद्यमशिलता विकास कार्यक्रम अभिमुखीकरण

चाँंगुनारायण नगरपालिकाको आयोजनामा शुक्रबारदेखि दुईदिने मेयर उद्यमशिलता विकास कार्यक्रमको अभिमुखीकरण सुरु भएको छ । शुक्रबार पहिलो दिन चाँंगुनारायण नगरपालिका वडा नं १ देखि ५ सम्मका वडाबासीका लागि अभिमुखीकरण कार्यक्रम सुरु गरिएको हो । दोश्रो तथा अन्तिम दिन चाँंगुनारायण नगरपािलका वडा नं ६ देखि ९ सम्मका वडाबासीका लागि अभिमुखीकरण गरिने जनाइयो ।

अभिमुखीकरण कार्यक्रममा राष्टिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधब ढुंगेलले युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन यो योजनाले सहयोग गर्ने विश्वास व्यक्त गरे । चाँंगुनारायण नगरपालिकाका प्रमुख सोम मिश्रले पहिलो पटक यो वर्षदेखि कार्यक्रम लागू गरेको जनाए । मिश्रले यो कार्यक्रमलाई अर्काे वर्ष पनि निरन्तरता दिने योजना रहेको सुनाए ।
 अभियमुखीकरण कार्यक्रम अन्तर्गत कार्यक्रममा सहभागी हुन इच्छुक युवाहरुलाई प्रशिक्षण दिइनेछ । प्रशिक्षणको क्रममा उनीहरुको परीषा पनि हुनेछ । परीक्षामा उतीर्ण युवाहरुलाई पाँंच वर्षका लागि तीन लाख रुपमा निर्वाज्यी रकम दिनेछ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here