चर्चित लेखिका मन्नु भण्डारीको निधन

३० कार्तिक, नयाँ दिल्ली: भारतकी चर्चित लेखिका मन्नु भण्डारीको सोमबार निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेकी भण्डारीको हरियाणास्थित नारायण अस्पताल, गुरुग्राममा उपचारका क्रममा निधन भएको हो।

उनकी छोरी रचना यादवले उनको निधनको पुष्टि गर्दै आफूले जीवनको अमूल्य चिज गुमाएको उल्लेख गरेकी छन्। स्वर्गीय भण्डारीका आप्का बन्टी, महाभोज, यही सच है लगायतका थुप्रै कृतिहरू अत्यन्त चर्चित छन्।

frontline

उनको जन्म सन् १९३१ को अप्रिल ३ मा भएको थियो। ९० वर्षको उमेरमा उनको निधन भएको हो।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here