चर्चमा भागदौड मच्चिदाँ २९ धर्मावलम्बीको मृत्यु

६ माघ, मोन्रोभिया ।  पश्चिम अफ्रिकी मुलुक लाइबेरियाको एक चर्चमा भागदौड मच्चिदाँ कम्तीमा २९ क्रिष्चियन धर्मावलम्बीको मृत्यु भएको छ ।

लाइबेरियाको राजधानी मोन्रोभियास्थित चर्चमा बुधबार राती भागदौड मच्चिदाँ कम्तीमा २९ धर्मावलम्बीको मृत्यु भएको हो । 

frontline

लाएबेरियाका सुचना मन्त्री जलवाह तोन्पोले बिहिबार सो जानकारी दिएका हुन् । सुचना मन्त्रीका अनुसार सो घटना राजधानीस्थित न्यु क्रु टाउनमा भएको हो ।

क्रिस्चियनहरुको पुजा कार्यक्रममा रातभर भागदौड मच्चिदाँ २९ क्रिस्चियन धर्मावलम्बीको ज्यान गएको हो । 

यद्यपि, घटनाको कारणबारे भने हालसम्म पुष्टि भइनसकेको अन्र्तराष्ट्रिय मिडियामा खबर छ ।

त्यहाँका अधिकारीहरु बिहिबार साँझ घटनास्थलमा पुग्ने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here