चन्द्रमा कब्जा गर्न चीनले सैन्य रणनीति अपनाइरहेको नासाकाे आराेप

२१ असार, एजेन्सी । चीनले अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा)काे आराेपलाई अस्वीकार गरेको छ। नासाले चीनले चन्द्रमा कब्जा गर्न सैन्य रणनीति अपनाइरहेको आराेप लगाएकाे थियाे।

जर्मन अखबार बिल्डका अनुसार नासाका प्रशासक बिल नेल्सनले चीनले चन्द्रमामा आफ्नो मिसनहरू प्रक्षेपण गरिरहेको चिन्ताको विषय रहेकाे बताए।

frontline

नले भने, ‘उहाँ आफैँले दावी गर्न सक्नुहुन्छ र अरूलाई चन्द्रमाबाट टाढा रहन भन्न सक्नुहुन्छ।’

समाचार एजेन्सी रोयटर्सका अनुसार नेल्सनले चीनको अन्तरिक्ष कार्यक्रम एक किसिमको सैन्य कार्यक्रम भएकाे र चीनले अरूकाे विचार र प्रविधि चोरेको समेत आराेप लगाए।

यसको जवाफमा चिन‍ियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार चीनको अन्तरिक्ष कार्यक्रम सामान्य र व्यावहारिक रहेको बताए।

उनले अमेरिकाले आफूलाई बदनाम गरेको आरोप लगाए।

झाओ लिजियानले भने, ‘यो पहिलो पटक होइन कि अमेरिकाको नासाले तथ्यलाई बेवास्ता गरेको छ। आफूले चाहेको कुरा भनेको छ र चीनलाई बदनाम गर्ने प्रयास गरेको छ।

केही अमेरिकी अधिकारीहरूले तथ्यलाई तोडमोड गरेर चीनको सामान्य र व्यावहारिक विदेश मामिलालाई बदनाम गरिरहेका छन्। चीनले यस्तो गैरजिम्मेवारपूर्ण टिप्पणीको कडा विरोध गर्दछ।’

‘हामी अमेरिकी अधिकारीलाई ठूलो देशको जिम्मेवारी लिन, बाह्य अन्तरिक्षमा अमेरिकाको प्रभुत्वको नकारात्मक प्रभावलाई गम्भीरताका साथ विचार गर्न र सच्याउन आग्रह गर्दछौँ’,उनले थपे।

सन् २०१३ मा पहिलो पटक चीनले मानवरहित यान चन्द्रमामा अवतरण गरेको थियो। यसबाहेक, उसले २०३० सम्म चन्द्रमामा आफ्नो पहिलो मानव मिशन अवतरण गर्ने योजना बनाएको छ।

यता नासाले भने सन् २०२५ सम्ममा चन्द्रमाको दक्षिणी ध्रुवमा मानव मिशन अवतरण गर्ने योजना बनाएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here